काठमाडौं । एसीसी प्रियमियर कपमा नेपालले विजयी शुरुवात गरेको छ। मलेसियाको यूकेएम यूएसडी ओभलमा साेमबार भएकाे खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै विजयी शुरूवात गरेकाे हाे। बहराइनले प्रस्तुत गरेको ८८ रनको लक्ष्य नेपालले २१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । नेपालका अर्जुन कुमालले अविजित ३६, रोहितकुमार पौडेलले अविजित १९, आसिफ शेखले १८ र…