Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


राष्ट्रपति पौडेलद्वारा निर्वाचन सम्बन्धी अध्यादेश जारी (विज्ञप्तिसहित)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गर्नुभएकाे छ। राष्ट्रपति पौडेलले शुक्रबार सोही अध्यादेश जारी गर्नुभएकाे हाे। राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदकाे सिफारिसमा सोही अध्यादेश जारी गरेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जारी गरेकाे प्रेस विज्ञप्तिमा भनिएको छ।