काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान राजनीति दिशाहीन, नीतिहीन र विधिहीन ढङ्गले अगाडि बढिरहेको टिप्पणी गर्नुभएको छ । आइतवार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मुलुकमा अराजकता र संवैधानिक मर्यादाको उल्लंघन भइरहेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको हो । अध्यक्ष ओलीले एमाले अहिले सडक र…