हरि शर्मा, नवलपरासी ।नवलपरासीमा चुनावी सरगर्मी दिनानुदिन चर्किँदै गएको छ । प्रतिस्पर्धामा उत्रिएका सबै उम्मेदवार आ–आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन् । तरविगतका निर्वाचन परिणाम र यतिबेला मतदाताबीच चलिरहेको बहसलाई हेर्दा मुख्य प्रतिस्पर्धा परम्परागत राजनीतिक दलहरूबीचमै केन्द्रित हुने देखिएको छ । नवलपरासीमा दुई वटा निर्वाचन क्षेत्र छन् । यी दुई क्षेत्रबाट २३ स्वतन्त्रसहित ५५…