काठमाडौं । राष्ट्रिय सभाकाे बैठक बुधबार दिउँसाे सवा १ बजे बस्ने भएकाे छ । साेही बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्नुहुने भएकाे हाे । संघीय संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री कार्कीले विधेयक छलफलका निम्ति प्रस्ताव गर्दै पारित समेत गर्न सभासमक्ष प्रस्तुत गर्न…