काठमाडाैं । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीमा मंगलबार यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । प्रहरीका अनुसार सपम्ताबाट गुमीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी बिहान करिब पौने १२ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा १९ जना घाइते भएका छन्। घाइतेमध्ये सिम्ता गाउँपालिका–९ का ४० वर्षीय गणेश वली, तनहुँ…