काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह बिहीबार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुर जानु भएको छ ।
प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल समेत प्रभावित क्षेत्रतर्फ पुग्नु भएको हाे । प्रधानमन्त्री शाह सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये विदुरतर्फ गएको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री शाहले बुधबारै उच्चस्तरीय बैठक आह्वान गरी उद्धार तथा राहतका लागि मातहतका निकायलाई निर्देशन दिनुभएको थियो । स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग राहत, पुनःस्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनकाे बारेमा जानकारी लिने प्रधानमन्त्री शाहसहितको टोलीको योजना रहेकाे छ ।









प्रतिक्रिया दिनुहोस्