Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


रसुवा बाढी वितण्डा: मृतकाे संख्या १७७ जना पुग्याे, ३३ घाइतेकाे उपचार हुँदै


0
Shares

काठमाडौं । रसुवाकाे भोटेकोशी र त्रिशूली नदीमा बुधबार आएको भीषण बाढीमा परी ज्यान गुमाएका मध्ये हाल १ सय ७७ जनाको शव फेला परेको छ।

रसुवा, नुवाकोट, तनहुँ, धादिङ, गोरखा, चितवन र नवरपरासीमा शवहरू फेला परेका हुन् । प्रहरीका अनुसार, हालसम्म रसुुवामा २, धादिङमा २७, नुवाकोटमा १२, रसुवामा दुई, गोरखामा २०, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ३२, तनहुँमा ९, चितवनमा ६९ र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ६ वटा शव फेला परेका छन् ।

प्रहरीले बाढीमा परी घाइते भएका ३३ घाइतेको उपचार भइरहेको जनाएको हाे ।