काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकामा माछा पोखरी निर्माणका क्रममा भएको उत्खनन्मा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको छ। आयोगले नगरपालिकाका मेयर भरत कुमार थापा, उपमेयर र कर्मचारीहरूसहित सागरनाथ वन विकास परियोजनाका तत्कालीन प्रमुखसहित १४ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले नगरप्रमुख थापा, उपप्रमुख लिला कुमारी मोक्तान, तत्कालीन…