काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भारतको बोधगयामा भेटवार्ता हुने भएकाे छ । भारतीय प्रधानमन्त्रीले विदेशी अतिथिसँग नयाँदिल्लीको हैदराबाद हाउसमा भेटवार्ता गर्ने परम्परा रहेकोमा यो पटक नेपालका प्रधानमन्त्रीका लागि गौतम बुद्धले ज्ञान प्राप्त गरेको स्थल चयन गरिएको बताइकाे छ । दुई मुलुकका सरकार प्रमुखबीच बोधगयामा भेटवार्ता हुने तय भएको परराष्ट्र…