काठमाडाैं । नेकपा एमाले को ११ औं राष्ट्रिय महाधिवेशनपछि पहिलो सचिवालय बैठक जारी भएको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक केही समय अघि मात्रै शुरु भएको हो । बैठकमा मुख्य रूपमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची अन्तिम रूप दिने एजेण्डा रहेको छ । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसूचि बुझाउने अन्तिम मिति…