काठमाडौं । सर्वोच्च अदालतले सरोजकुमार यादव नेतृत्वको मन्त्रिपरिषद्ले मधेस प्रदेशलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्न र नगराउन आदेश दिएको छ । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बर्दिवासस्थित एक पार्टी प्यालेसमा सुटक्क मुख्यमन्त्रीमा नियुक्ति गरेको विरुद्ध परेको रिट मंगलवार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले सो आदेश दिएको हो…