काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनमा सहभागी हुन दलहरूलाई अपिल गर्ने उद्देश्यले आज निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलका नेताहरूसँग संयुक्त छलफल गर्ने लाग्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज अपराह्न ४ बजे छलफलको लागि बोलाइएको हो । आगामी फागुन २१ गते हुने भनिएको चुनावका लागि दलहरु दर्ताको प्रक्रिया चलिरहेको बेला प्रधानमन्त्रीले…