बैतडी, कात्तिक ११ । बैतडीको दोगडाकेदार गाउँपालिका– ३ मा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा करिब दुई करोडको लागतमा छात्रावास निर्माण गरिएको छ । संघीय सरकारको समपूरक कोष र दोगडाकेदार गाउँपालिकाको साझेदारीमा १ करोड ९५ लाख ८५ हजार रुपैयाँमा २० कोठे छात्रावास बनेको हो । प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले दुर्गम स्थानमा सञ्चालित श्रीकोट बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशकै…