डोटीका विद्यालयलाई ८ सय झोला सहयोग « Imagekhabar – Online News Portal of Nepal
१७ आश्विन २०७९, सोमबार | Tue Oct 4 2022


डोटीका विद्यालयलाई ८ सय झोला सहयोग


117
Shares

काठमाडौं । एसएस फाउन्डेशनले डोटीको झिमे मालिका माध्यामिक विद्यालयलाई ८ सय वटा स्कुल झोला सहयोग गरेको छ ।

डोटीको केआई सिंह गाउँपालिका–४ मा रहेको झिमे मालिका माध्यामिक विद्यालयलाई फाउन्डेशनले ८ सय वटा झोला सहयोग गरेको हो ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबराले डोटीका समाजसेवी रणबहादुर बलायरलाई सो झोला हस्तान्तरण गर्नुभएको हो ।

एसएस फाउन्डेसनका अध्यक्ष मदनदास श्रेष्ठको अगुवाइमा देशका विभिन्न स्थानमा सहयोग उपलब्ध हुँदै आएको फाउन्डेशनले जनाएको छ ।