काठमाडौं । नेपालको शिक्षा क्षेत्रमा निरन्तर आक्रमण भइरहेको शिक्षाविद्हरूले बताएका छन् । त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि भइरहेको तालाबन्दी बारे विज्ञहरूसँग गरेको छलफलमा देशलाई बिगार्न शिक्षामाथि आक्रमण भइरहेको बताएका हुन् । छलफलमा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति तथा प्राध्यापक त्रिरत्न मानन्धरले त्रिभुवन विश्वविद्यालयको समस्याको समाधान तालाबन्दीबाट नहुने बताउनुभयो । उहाँले पछिल्लो समयमा विश्वविद्यालयमा भइरहेका घटनाक्रमका…