काठमाडौं । जनताका सन्तान शिक्षाको उज्यालोबाट वञ्चित नहुन भन्ने पवित्र उद्देश्य लिएर खोलिएको एक शताब्दी पुरानो त्रिचन्द्र क्याम्पस यतिबेला भग्नावशेषमा परिणत हुँदै छ । राजा महाराजादेखि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासम्म दीक्षित यो शैक्षिक प्रतिष्ठानको भौतिक दुरावस्थाले वार्षिक क्यालेण्डरसमेत प्रभावित भएको छ । कसले पत्याउँछ ? राजा त्रिभुवनले १९७६ असोज २७ गते चाँदीको ताल्चा र चाँदीकै…