Logo ९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026


अमृत माध्यमिक बोर्डिङ स्कुलको एक दिने स्वास्थ्य शिविर

काठमाडौं । काठमाडौंस्थित अमृत माध्यमिक बोर्डिङ स्कुलले एक दिने स्वास्थ्य शिविरको कार्यक्रम आयोजना गरेको छ । शिविरमा विभिन्न विशेषज्ञहरुले स्वास्थ्य सेवा दिएका हुन् ।शिविरमा विद्यार्थी, शिक्षक, शिक्षिका र अभिभावकले स्वास्थ्य चेकजाँच गराएका थिए । काठमाडौं मेडिकल कलेजको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।