काठमाडौं । विभिन्न माग राखी धर्ना तथा प्रदर्शनका कार्यक्रम गर्दै आएको नेपाल शिक्षक महासंघले बुधबारदेखि अनिश्चितकालिन सडक आन्दोलन घोषणा गरेको छ । महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै अनिश्चितकालिन सडक आन्दोलन घोषणा गरेको हो । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले चैत २० गतेबाट काठमाडौं जाऔं अभियान अन्तर्गत सडक संघर्ष शुरु गर्न लागिएको बताउनुभयो । स्थायी,…