Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


बुधबारदेखि अनिश्चितकालिन सडक आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा


0
Shares

काठमाडौं । विभिन्न माग राखी धर्ना तथा प्रदर्शनका कार्यक्रम गर्दै आएको नेपाल शिक्षक महासंघले बुधबारदेखि अनिश्चितकालिन सडक आन्दोलन घोषणा गरेको छ ।

महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै अनिश्चितकालिन सडक आन्दोलन घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले चैत २० गतेबाट काठमाडौं जाऔं अभियान अन्तर्गत सडक संघर्ष शुरु गर्न लागिएको बताउनुभयो ।

स्थायी, राहत, साविक उच्च मावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायी तथा करार, प्राविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालय लगायत सबै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या समाधान गरी गुणस्तरीय विद्यालय शिक्षाको प्रबन्धका पक्षमा स्पष्ट मार्ग निर्माण गर्दै शिक्षक महासंघले आन्दोलन गर्दै आएको छ ।

शिक्षक महासंघले माग पुरा नभएसम्म एसईईको उत्तरपुस्तिका समेत जाँच नगर्ने निर्णय पनि गरिसकेका छन् ।