सुशिल गैरे, कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटा बजारमा अव्यवस्थित पार्किङ नियन्त्रण गर्न ट्राफिक प्रहरीले फरक शैली अपनाएको छ। परम्परागत ह्वील लक अभावमा अब जथाभाबी पार्किङ गरिएका सवारी साधनलाई साङ्लोले बाँधेर नियन्त्रणमा लिन थालिएको हो, जसले बजारमा अनुशासन कायम गर्ने प्रयासलाई थप कडा बनाएको छ। शिवराज नगरपालिकाको मुख्य व्यापारिक केन्द्रका रूपमा रहेको चन्द्रौटामा पछिल्लो समय सवारी चाप…