काठमाडौं । नारायणगढ –मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको सडक खुलेको छ। इच्छाकामना गाउँपालिका–५ तुईन खोलामा आइतबार बिहानदेखि सडक अवरुद्ध भएकाे थियाे । सडकबाट पहिरो पन्छाएसँगै दुईतर्फी यातायात सञ्चालनमा आएको हो। रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।