Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


ओखलढुंगामा बाइक दुर्घटना : एकको मृत्यु, २ घाइते


234
Shares

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को हिलेपानीस्थित आइतबारेमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् ।

भोट हाल्न पैदल जानेक्रमा जोरधन राई लडेर घाइते भएपछि बाइकमा उद्दार गरेर उपचार गरी पुन: महादेवस्थान मावि मतदान केन्द्रमा लैजाने क्रममा बाइक दुर्घटनामा परेको थियो ।

दुर्घटनामा जोरधनका छोरा धनराज राईको मृत्यु भएको स्थानीय वडाध्यक्ष हेमराज राईले ओखलढुंगाखबरलाई जानकारी दिनुभयो । मृतक धनराज घाइते बुवालाई समाउन बाइकको पछाडि बसेका थिए ।

दुर्घटनामा जोरधन गम्भीर घाइते छन् भने मोटरसाइकल चालक पाण्डव राई पनि घाइते रहेको स्थानीयले बताएका छन् । गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको छ ।

घटनाबारे थप जानकारी आउन बाँकी छ । घटनास्थलमा प्रहरी पुग्ने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।