Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


मतगणना स्थल नजिकै बेहोस भएका रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु


4.1k
Shares

काठमाडाैं । मोरङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवारका प्रतिनिधिको मृत्यु भएको छ। मृत्यु हुनेमा रंगेली–९ निवासी ५० वर्षीय दुर्गा रेग्मी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालका अनुसार मतगणना स्थल नजिकै खाना खाने क्रममा शुक्रबार बिहान करिब ११:४५ बजे रेग्मी एक्कासी बेहोस भएर ढलेका थिए।

उपचारका लागि उनलाई तत्काल रंगेली अस्पताल लगिएको थियो। तर अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। रेग्मी मोरङ क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि रहेका थिए।