काठमाडौँ । स्वयम्भूमा सोमबारदेखि एक महिनासम्म जारी रहने मेला लाग्ने भएको छ । मेला व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले जनाएको छ । महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । सम्पदास्थलका चैत्य…