१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


आज पशुपतिमा पितृका नाममा बत्ती बालिने


598
Shares

काठमाडौं । आज मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन पशुपति मन्दिर परिसरमा पितृका नाममा बत्ती बाल्नेको भीड लागेको छ । बालाचतुर्दशीको अघिल्लो रात (आज शुक्रबार) दिवङ्गत पितृका नाममा दीपदान गर्न भक्तजनहरु पशुपतिनाथ परिसरमा पुगेर रातभर जाग्राम बस्ने गर्दछन् ।

आज दीपदान गरेर रातभर जाग्राम बस्ने भक्तजनले शनिबार बिहान बत्ती बागमतीमा सेलाएर पितृको सम्झनामा शतबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएको) शतबीज छर्दछन् । बत्ती बालेर रातभर जाग्राम बसी शतबीज छर्दा पितृले सद्गति पाउने विश्वास गरिन्छ ।

विशेषगरि शतबीज १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा छर्ने गरिन्छ ।

आज बत्ती कुर्न बस्नेहरुले बालन, भजन र दोहोरी गीतहरु गाउने गर्दछन् । पशुपतिमा बत्ती बाल्ने र शतबीज छर्ने कार्यका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।