काठमाडौँ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–१३ बाँझापाटन बस्ने ४३ वर्षीय विकास गुरुङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उनलाई वडा नम्बर ९ महेन्द्रपुलबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक हरीबहादुर बस्नेतले जानकारी दिए। प्रहरीका अनुसार गुरुङ यसअघि…