काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर १८ गते ७ प्रदेशको नेतृत्व छनाेट हुँदैछ । प्रदेश सभापतिका लागि कांग्रेसको संस्थापन अर्थात सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष र संस्थापन इतर अर्थात वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट आकांक्षी धेरै देखिएका छन् । दुवै पक्षका प्रदेश सभापतिका दावेदारहरूले छुट्टा–छुट्टै आफ्नो उम्मेदवारीको प्रचार गर्दै हिडेपछि संस्थापन…