Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


आजदेखि शुक्र अस्त हुँदै: के गर्नुहुन्छ, के गर्नु हुँदैन ?


884
Shares

काठमाडौं ।

शुक्र ग्रह शनिबार १२ बजेर ५५ मिनेट शुक्र ग्रह पूर्वमा अस्त हुँदैछ। अस्त भएको शुक्र माघ १५ गते बिहीबार रातको १ बजेर २९ मिनेटमा पश्चिममा उदय हुने पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले जानकारी दिए।

शुक्र र वृहस्पति ग्रह अस्त भएका वेला नयाँ र विशेष मांगलिक कार्य गर्न नहुने ज्यातिषीय मान्यता छ। यो अवधिमा विवाह–व्रतबन्ध आदि संस्कार सप्ताह, नवाह, लाख बत्ती प्रज्ज्वलन, उत्सवलगायतका मांगलिक कार्य गर्न नहुने मान्यता रहेको ढकालले जानकारी दिए।

तर नित्यकर्म, पूजापाठ, जप, हवन, तर्पण, नित्य दान आदि नैमित्तिक कर्म आदि करम नरोकिने उनले बताए। न्वारन, पास्नी, श्राद्ध, आदि निश्चित समयमा नगरी नहुने कर्म पनि नरोकिने उनको भनाइ छ।

ज्योतिषशास्त्रमा गतिका क्रममा कुनै ग्रह पृथ्वी नजिक पुगेपछि सूर्यको प्रकाशले त्यस ग्रहको प्रकाशलाई ओझेलमा पार्नुलाई अस्त भनिन्छ। शास्त्रीय मान्यताअनुसार बृहस्पति देवताका गुरु हुन् भने दैत्यका गुरु शुक्राचार्य हुन्।

यी दुवै ग्रह अस्त भएका वेला मांगलिक कर्म गर्न नहुने बताइन्छ। मूल वैदिक परम्परामा भने वृहस्पति र शुक्रअस्तमा मांगलिक कार्य नरोकिने वैदिक तिथिपत्रम्’ सम्पादक प्राडा प्रमोदवर्धन कौण्डिन्न्यायनले जानकारी दिए।