काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र द्वन्द्वमा नभई संवादमा बलियो हुने बताउनुभएको छ । प्रतिनिधि सभाका सभामुख, उसभामुख राष्ट्रिय सभाका अध्यक्ष उपाध्यक्ष एवं प्रदेशसभाका सभामुख उपसभामुखसँगको शीतल निवासमा भएको भेटमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताको आवाज सुनेर लोकतान्त्रिक आचारणलाई जीवन पद्धति बनाउनसके लोकतन्त्र र संसदीय प्रणाली अझ सुदृढ हुने जिकिर गर्नुभएको छ ।…