काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत सहायक हबल्दार बलबहादुर थापा आज बिहान काठमाडौंको नयाँबानेश्वरस्थित बुद्धनगरमा मृत अवस्थामा फेला परेका छन् । डेरा कोठाभित्र अचेत अवस्थामा भेटिएपछि उनकी श्रीमतीले तत्काल उद्धार गरी नजिकैको एभरेष्ट अस्पताल पुर्याएकी थिइन् । तर अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए । घटनाबारे…