काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि बिरामी रहनुभएकी जियाको आज बिहान उपचारका क्रममा निधन भएको हो । उहाँ विगत २० दिनदेखि भेन्टिलेटरमा उपचाररत हुनुहुन्थ्यो । खालिदा जिया विगत केही वर्षदेखि छातीको संक्रमण, कलेजो, मिर्गौला, मधुमेह, बाथ र आँखा सम्बन्धी…