काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिका–४, सहानस्थित हिमालयन फुड कम्पनीमा कार्यरत नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सातजना घाइते भएका छन् । घाइते हुनेमा दुई नेपाली र पाँच चिनियाँ कामदार छन् । मरिण–६, धमिलेका ३० वर्षीय नवराज बम्जनको दायाँ आँखा र दायाँ खुट्टामा चोट लागेको छ । उदयपुरको कटारी नगरपालिका–१२ का २२ वर्षीय गोर्कण कटुवालको टाउकोमा…