काठमाडौं ।युक्रेन शान्ति योजनामा युरोपले प्रश्ताव गरेको समायोजन शान्ति प्रक्रियालाई अवरुद्ध गर्ने उद्देश्यले गरिएको भन्दै रूसलाई यो अस्वीकार्य रहेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएकाे छ । यी सबै परिवर्तनहरु एउटै कुरामा लक्षित रहेको उहाँको भनाइ छ । सम्पूर्ण शान्ति प्रक्रियालाई पूर्ण रूपमा अवरुद्ध गर्ने, रूसलाई पूर्ण रूपमा अस्वीकार्य मागहरू अगाडि बढाउने काम भएको पुटिनले बताउनुभयो…