काठमाडाैं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार बिहान भएको सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ। ना।४३ प २२१ नम्बरको मोटरसाइकललाई नम्बर खुल्न नसकेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार मकवानपुर राक्सिराङ गाउँपालिका–१ का २२ वर्षीय संजित स्याङ्तान र १८ वर्षीय अमोश थिङ गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल…