एजेन्सी । जोर्डनमा इरानले गरेको ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमणमा परी दुई अमेरिकी सैनिकको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् ।
अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार आक्रमणमा अन्य केही सैनिक घाइते भएका छन् । हालैका दिनमा अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको र इरानले हर्मुज जलमार्ग बन्द गर्ने घोषणा गरेपछि दुई देशबीचको युद्धविराम भंग भई तनाव चर्किएको छ ।
आक्रमणपछि इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपतिको हस्ताक्षरको कुनै मूल्य नरहेको र अमेरिकाले युद्ध चर्काउन खोजेको भन्दै कडा चेतावनी दिएका छन् ।
जोर्डनको सेनाले आफ्नो आकाशमा आएका १० वटा इरानी मिसाइलहरू नष्ट गरेको जनाएको छ । इरानसँगको युद्धमा हालसम्म ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १६ पुगेको छ ।









प्रतिक्रिया दिनुहोस्