Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


माओवादीको कारबाहीमा परेका चार मन्त्रीको फेरि शपथ हुँदै, छ महिना ढुक्क

हालै एमाले केन्द्रीय सदस्यमा मनोनित भएका उनीहरूलाई नेकपा माओवादी केन्द्रले दलबाट निश्कासनको कारबाही गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनमा सांसदलाई निर्वाचित भएको दलले निश्कासन गरेमा सांसदबाट पदमुक्त हुने व्यवस्था छ

२५ जनाभन्दा बढी भेला नहुन स्वास्थ्य मन्त्रालयको आग्रह

कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले २५ जना भन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषद्समक्ष प्रस्ताव लगेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

कोसी टप्पु वन्यजन्तु आरक्ष प्रवेशमा प्रतिबन्ध, तत्काल भ्रमणमा नआउन अपिल

सर्वसाधारणको सुरक्षाको लागि प्रवेशमा रोक लगाइएको आरक्षका प्रमुख अशोक रामले जानकारी दिनुभयो । आरक्षमा सात वटा घरपालुवा पोथी हात्ती भएकाले जङ्गली हात्ती प्रवेश गरेको उहाँको भनाइ छ ।

वर्षा नहुँदा धनकुटाका किसान चिन्तित, अझै रोप्न पाएनन् मकै

प्रर्याप्त सिँचाईको सुविधा नभएको धनकुटाको लेगुवा, भिरगाउँ, तेलिया, तांखुवा, मौनाबुधुक, बसन्तटार लगायतका स्थानमा व्यावसायिक मकैखेती हुने गरेको छ । यहाँका किसानले देउती, मनकामना ३ र ४, गणेश १, रामपुर कम्पोजिट,

जर्ज फ्लोइडको मृत्यु अक्सिजनको कमीले भएको चिकित्सकको भनाइ

प्रहरी अधिकारी चोभनका वकिलले भने फेन्टनायल नामक लागुऔषधका कारण फ्लोइडको निधन भएको दाबी गर्दै आएका छन् । गतवर्ष सामान्य बिवादमा प्रहरीले ८ मिनेटसम्म घुँडाले गर्धनमा थिच्दा फ्लोइडको मृत्यु भएको थियो

सगरमाथा आरोहीबाट मात्र २४ करोड राजश्व संकलन, विदेशीलाई कति लाग्छ शुल्क ?

सगरमाथा आरोहण गर्न एकजना विदेशी आरोहीले ११ हजार अमेरिकी डलर बुझाउनु पर्ने व्यवस्था छ । दुई वर्ष अघिको तुलनामा यस वर्ष आरोहीको संख्या वृद्धि भएको तथ्याङ्कले देखाएको छ । सरकारले

गम्भीर र अप्ठ्यारो संकटको सामना गर्न उत्तर कोरियाली जनतालाई किमको आग्रह

उत्तर कोरियाका नेताले आफ्नो देशमा गम्भीर संकट रहेको वा आउन लागेको भनेर स्वीकार गर्नु निकै दुर्लभ मानिन्छ । नेता किमले पार्टी कार्यकर्ताहरूलाई अर्को निकै संकटपूर्ण ‘अर्डूअस मार्च’ बाट जोगिनका लागि

‘संगीत पत्रकारिता पुरस्कार’ सूर्य चन्दलाई

रंग पत्रकारिताको माध्यम बाट गीत संगीतको क्षेत्रमा योगदान पुर्याएकाले चन्दलाई ५५ सय रुपैयाँसहित पुरस्कार प्रदान गरिएको आयोजक पावर इन्टरनेशनल मिडिया नेपालले जनाएको छ ।

पर्सामा पेट्रोलियम पदार्थको तस्करी गर्ने १० जना पक्राउ

जिल्लाको ग्रामिण क्षेत्रबाट पेट्रोलियम पदार्थको तस्करी गर्ने १० जना पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये तीन जना भारतीय रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुनः चित्रबहादुर केसी

अध्यक्ष केसीसहित ३७ सदस्य पूर्णकालीन र १० जना वैकल्पिक सदस्यसहित कुल ४७ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको राष्ट्रिय जनमोर्चाले जनाएको छ । राष्ट्रिय जनमोर्चाको कार्यवाहक अध्यक्षमा रश्मीराज नेपाली, महासचिवमा मनोज