पर्सामा पेट्रोलियम पदार्थको तस्करी गर्ने १० जना पक्राउ « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


पर्सामा पेट्रोलियम पदार्थको तस्करी गर्ने १० जना पक्राउ


0
Shares

पर्सा । पेट्रोलियम पदार्थको तस्करी गर्ने १० जना पक्राउ परेका छन् ।

जिल्लाको ग्रामिण क्षेत्रबाट पेट्रोलियम पदार्थको तस्करी गर्ने १० जना पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये तीन जना भारतीय रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सीमा क्षेत्रका पेट्रोलियम पम्पले ग्यालेनमा भरेर तेल पठाउनुका साथै भारतीय नम्बर प्लेटका सवारीसाधनमा पनि बढी तेल हालेर पठाउने गरेको पाइएको हो ।

भारतीयको तुलनामा नेपालमा डिजेल र पेट्रोल सस्तो पाइने भएपछि सीमा क्षेत्रमा तस्करी बढेको हो ।