बिहीबार बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले कांग्रेसको पछि हिँडेर प्रतिक्रियावादी र दक्षिणपन्थीविरुद्ध लड्ने भनेर मजाक गरेको बताउनुभयो ।
व्यक्तिगत कामका कारण फर्कनुपर्ने भएकाले अफ्रिदीले दुईवटा मात्र खेल खेल्नेछन् । उनले भने, ‘मैले दुईवटा खेल खेलेर पाकिस्तान फर्कन्छु ।’
पशुचौपायाले भरिएको मर्काबाङ अब १५ दिन पशुचौपायाले भरिभराउ हुन्छ । वैशाख १५ देखि लेकमा गोठ सार्न सुरु गर्ने भल्कोटीहरू असार १५ सम्मा लेकमा पुग्छन् ।
केही समय बस्नका लागि आग्रह गर्नुभएका सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदले नटेरेपछि बैठकको कारबाही अगाडि बढाउनुभएको थियो ।
सभामुखले सभामुखको कुर्सीको महत्व राख्न नसक्दा र नियम पालना गर्न नसक्दा राष्ट्रिय सभामा त्यसको असर परेको र विभाजन भएको सांसद वलीको भनाइ छ । उहाँले सभामुखको राजीनामासमेत माग्नुभयो ।
प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा गएको विनियोजन विधेयक पुनः प्रतिनिधिसभामा ल्याई पास गराएर राष्ट्रपतिकोमा प्रमाणीकरणको लागि लगिनेछ ।
माओ, होचिमिन्हजस्ता नेताहरूले विश्व कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाएको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबाट सिकेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।
वायु प्रदुषणका कारण विश्वभर हरेक वर्ष करिब ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको डब्लुएचओले जनाएको छ ।
बुधबार ११ सय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी बिहीबार ११ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पूर्ण प्रक्रिया पूरा गरेर परीक्षणका रूपमा आगामी कात्तिक मसान्तबाट पासपोर्ट जारी गर्ने तयारी गरिएको विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिनुभयो ।