१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


माधव नेपालप्रति ओलीको कटाक्ष, ‘कांग्रेसको पछि हिड्नुछ, अझ दक्षिणपन्थविरुद्ध लड्ने रे ?’


0
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्नुभएको छ ।

बिहीबार बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले कांग्रेसको पछि हिँडेर प्रतिक्रियावादी र दक्षिणपन्थीविरुद्ध लड्ने भनेर मजाक गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेसको पछि हिड्नुछ, अझ दक्षिणपन्थविरुद्ध लड्ने रे ?’

ओलीले आफूले गरेको राजनीति देश र जनताप्रति समर्पित भएको बताउँदै देशभर एकैपटक तीन सयभन्दा बढी अस्पताल शिलान्यास गरेर एमाले नेतृत्वको सरकारले ‘निरोगी नेपाल’ बनाउन लागेको स्मरण गर्नुभयो ।