Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


पोखरामा टाइगर कप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा, दश टोली सहभागी हुने

प्रतियोगितामा महिला तथा पुरुषका गरी पाँच/पाँच टोलीको सहभागिता रहने टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले बताउनुभयो ।

पाकिस्तानमा भारी हिमपात, कठ्याङ्ग्रिएर २१ जनाको मृत्यु

पाकिस्तानको मुरी र पञ्जाब प्रान्तमा २० वर्षपछिकै भारी हिमपात भएको हो । हिमपातले सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै रात बिताउन बाध्य भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अतिक्रमित सार्वजनिक सम्पत्ति फिर्ता ल्याउँछौं : युवा संघ

युवा संघ, नेपालले नारायणहिटी संग्राहलयमा बतास समूहले बनाउन लागेको रेष्टुरेन्ट भत्काउन निर्देशन दिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेलाई धन्यवाद समेत दिएको छ ।

मिडिया अवार्ड विवादबारे पत्रकार महासंघले भन्यो, ‘अब तीन लाख रुपैयाँ महासंघले लिन्नौं’

पत्रकारहरूको भूमिकालाई आधार बनाएर सम्मान गर्ने सन्दर्भमा ड्रिम हाइले राखेको प्रस्तावलाई महासंघले स्वीकार गरेको भए पनि कुनै आर्थिक लाभ नलिएको महासंघको दाबी छ ।

प्रधानमन्त्री देउवा आइसोलेशनमा

केहीदिन आइसोलेशनमा बसेर कोरोना परीक्षण गराएपछि प्रधानमन्त्री देउवा सार्वजनिक कार्यक्रममा निस्कने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बाँकेमा बाघको आक्रमणबाट महिलाको मृत्यु

शनिबार विहान जंगलमा पात टिप्न जाने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको हो । चौधरीको शव जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

काभ्रेमा बाह्रवर्षमा लाग्ने मकर मेलाको तयारी, मेला क्षेत्रमा एक महिनाका लागि टिपर प्रवेशमा राेक

नगरपालिकाले मकर स्नानका लागि लिलावती र पुण्यमाता खोलामा बग्ने पानी कुलोमार्फत बाहिर फालेर पिउन योग्य पानी जमाएर स्नान गर्ने व्यवस्था मिलाएको मकर मेला मूल व्यवस्थापन समितिले जनाएको छ ।

कोरोनाको ग्राफ उकालो लाग्दै, प्रदेश २ मा खोप लगाउनको संख्या ३८ प्रतिशत मात्र

सर्लाहीमा ४६ प्रतिशत, धनुषा, सप्तरी, बारा र पर्सामा ३८, सिरहामा ३७, रौतहटमा ३५ र महोत्तरीमा ३२ प्रतिशतले मात्र पूर्ण डोज खोप लगाएको निर्देशनालयले जनाएको छ ।

पोखरामा १४ करोड लगानीमा ‘आव्या क्लब’ खुल्यो, देशकै ठूलो भएको दाबी

पोखरा ७, घारीपाटनमा शारीरिक र मानसिक दुवैको तन्दुरुस्तीलाई विशेष ध्यान दिनका लागि सुविधासम्पन्न आव्या क्लब खोलिएको प्रबन्ध निर्देशक निरोज लामाले जानकारी दिनुभयो ।

माधव नेपालको आक्रोश : ओलीलाई कुकरको संज्ञा, डाक्टर भए उपचार गर्न सुझाव

‘बालुवाटारबाट बालकोट पुग्दा पनि भुक्न छाडेको होइन, विचराको त्यो हालत, बालकोट पुग्नेबित्तिकै भुक्नुपर्ने,’ उहाँले भन्नुभयो, ‘कोही डाक्टर हनुहुन्छ भने उपचार गर्दिनुस् ।’