२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


झापा फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा


0
Shares

पाँचथर, पुस २३ । झापा–११ पाँचथरको फिदिममा जारी १०औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको क्वार्टरफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३-१ ले पराजित गर्दै झापा अन्तिम चारमा पुगेको हो ।

झापालाई जिताउनेक्रममा कर्ण लिम्बूले दुई तथा दिलेन लोकतामले एक गोल गरे ।

सशस्त्रका लागि मनीष लामाले एक सान्त्वना गोल फर्काएका थिए ।

दुई गोल गरेका झापाका कर्ण लिम्बू खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए ।

प्रतियोगिताअन्तर्गत् मंगलबार त्रिभुवन आर्मी क्लब र आयोजक फिदिम स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।