१५ जेष्ठ २०८२, बिहिबार | Thu May 29 2025


सबैभन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश चीन, वर्षमा ३३ लाख टन उत्पादन


0
Shares

उत्तरी चीनको तियानजीन सहरमा चलेको एउटा औद्योगिक प्रदर्शनीमा हालैमात्र यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।

गत सन् २०१६ मा चीनको मुख्य आइसक्रिम उत्पादन गर्ने कारखानाबाट ३३ लाख टन आइसक्रिम उत्पादन गरेको यस सम्बन्धी संस्था ‘चाइना एसोसिएसन अफ बेकरी एन्ड कन्फेक्सनरी इन्डस्ट्री’का प्रवक्ताले जानकारी दिएका छन् ।

उनले गतवर्ष चीनले अमेरिकाले भन्दा धेरै आइसक्रिम उत्पादन गरेको दाबी गरे ।

२० वर्ष अगाडी चीनमा हरेक व्यक्तिलाई एक लिटर आइसक्रिम पुग्थ्यो भने सन् २०१६ मा त्यो मात्रा बढेर तीन लिटरमा पुगेको छ ।

‘अन्य विकसित देशको तुलनामा चीनमा आइसक्रिम उत्पादन गर्ने उद्योगहरू नयाँ नै छन्, त्यसैगरी, घरघरमा पनि ठूलो मात्रामा उत्पादन हुन्छ,’ उद्योगीहरूको एसोसिएसनका निर्देशक झु निअन्लीनले भने ।

यस वर्षमात्रै चीनले ४०० ओटा आइसक्रिम प्रदर्शनी सन्चालन गरेको छ । (रासस/सिन्ह्वा)