१४ वर्षीया दुई बालिका ‘बलात्कार’ गर्ने दुई युवक पक्राउ • Image Khabar Image Khabar


१४ वर्षीया दुई बालिका ‘बलात्कार’ गर्ने दुई युवक पक्राउ


Imagekhabar
२८ आश्विन २०७४, शनिबार १९:३९

१४ वर्षीया दुई बालिका ‘बलात्कार’ गर्ने दुई युवक पक्राउ

१४ वर्षका दुई बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका–८ लिवाली बस्ने १६ वर्षीय सुजन गवचा र रामेछाप घर भई भक्तपुर लिवाली बस्ने १६ वर्षीय मिलन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले गत बिहीबार चागुँनारायण नगरपालिका–७ स्थित पुरानो साढे तिन तले घरको दोश्रो तलामा भक्तपुर ईनाचो बस्ने १४ वर्षीया र लिवाली बस्ने १४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको भक्तपुर प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उक्त घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले गवचा र श्रेष्ठलाई पक्राउ गरी पीडित बालिकासमेतलाई स्वास्थ्य परिक्षणको लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्