१५ किलो गाँजासहित तीन जना नियन्त्रणमा • Image Khabar Image Khabar


१५ किलो गाँजासहित तीन जना नियन्त्रणमा


Imagekhabar
२९ आश्विन २०७४, आईतवार १२:४९

१५ किलो गाँजासहित तीन जना नियन्त्रणमा

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलका अनुसार बर्दिबास–५ स्थित सडकमा एक रात्रिसेवा बसबाट १४ किलो ८४० ग्राम गाँजा बरामद गरिएको हो । 

काठमाडौंबाट महोत्तरीको औरही गाउँपालिका, सोनामाईमा आउँदै गरेको ना ६ख ५४३४ नंको सोनामाई डिलक्स रात्रिसेवा बसलाई इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिगएको प्रहरी टोलीले शंका लागी जाँच गरेको थियो ।

प्रहरीले गाँजासहित सो बसका चालक, सहचालक र एक अपरिचित व्यक्ति र बसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिबासमा राखिएको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्