
लोखिम निवासी कमल राईका १३ वर्षीय छोरा टङ्कराम गोठमा बस्दै आएको र गोठ नजिकै ओखर टिप्न गएको बेला गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले जानकारी दिए ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोलीले घाइते बालकको उद्धार गरी बालककै बयानका आधारमा अभियुक्तलाई पक्राउ गरेको प्रनाउ पराजुलीले बताए । पक्राउ पर्नेमा ३१ वर्षीय धनबहादुर तामाङ, २० वर्षीय बुद्धलाल तामाङ र ४२ वर्षीय असना तामाङ छन् ।
धनबहादुरको घर खानतलासी गर्दा भरुवा बन्दुक र सिसाको गोली आधा किलो बरामद भएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर ज्यान मार्ने उद्योग र अवैध हातहतियार खरखजना मुद्दामा कारवाही चलाइने उनले बताए ।
घाइते बालक खतरामुक्त रहे पनि राजधानीको सुविधा सम्पन्न अस्पतालमा उपचार गराउनुपर्ने सिफारिस स्थानीय अस्पतालले गरेपछि थप उपचारका लागि आइतबार फाप्लुबाट काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्