१७ जेष्ठ २०८२, शनिबार | Sat May 31 2025


भारतमा ट्रक दुर्घटनामा परी १० जनाको मृत्यु, १२ घाइते


0
Shares

मालबहाक ट्रक सडकमा गलत ठाउँबाट गुडेकाले शनिबार दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

महाराष्ट्रको राजधानी सहर मुम्बईदेखि ३६५ किलोमिटर टाढा पर्ने साङली जिल्लाको तासागौननजिकै दुर्घटना भएको बताइएको छ ।

मृत्यु भएका र घाइते भएका सबैजना दुर्घटना भएका बेला ट्रकमै सवार थिए । मालबहाक ट्रकमा यात्रा गर्ने चलन भारतमा सामान्य मानिन्छ ।

दुर्घटनलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेर उनीहरुको उद्धार गरेको थियो । घाइतेहरुलाई नजिकैको अस्पतालमा उपचार गराइएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको कारणकाबारेमा अनुसन्धान भइरहेको बताएको छ । रासस/सिन्ह्वा