लागुऔषधको कारोबार गर्ने ८ जनाको गिरोह पक्राउ • Image Khabar Image Khabar


लागुऔषधको कारोबार गर्ने ८ जनाको गिरोह पक्राउ


Imagekhabar
९ कार्तिक २०७४, बिहीबार २०:४१

लागुऔषधको कारोबार गर्ने ८ जनाको गिरोह पक्राउ

पक्राउ परेका आठजनाको एक गिरोहबाट प्रहरीले उनीहरुका साथबाट १५०० थान लागुऔषध बरामद गरेको छ ।

पक्राउ पर्नेमा भारतको वाफरगन्जका शिवकुमार निषाद, पोखरा बाझा पाटनका इन्द्रप्रसाद गुरुङ, नागढुंगाका दीपेन क्षेत्री, रानीपौवाका सम्राट् राणा, धादिङ खनियाबासका कल्याण तामाङ र एलिया तामाङ, तनहुँ शुक्ला गन्डकीका मेखबहादुर गुरुङ र स्याङ्जा पुतलीबजारका अजय शाही भएको प्रहरीले जनाएको छ ।

उनीहरु भारतीय नाकादेखि पोखरालगायत नेपालका अन्य शहरहरुसम्म विभिन्न सवारीसाधन तथा व्यक्तिहरुको सहयोगमा लागूऔषध कारोबार गर्ने गिरोह नै रहेको लागूऔषध नियन्त्रण ब्युरो पोखराका प्रमुख प्रहरी निरीक्षक रबिन्द्रमान गुरुङले बताए ।

पक्राउ परेका उनीहरु माथि प्रहरीले लागूऔषध बुर्फि नरफिन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडी बढाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्