२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


धादिङबाट ४ किलो सुनसहित तीनजना पक्राउ


0
Shares

धादिङ, पुस २० । धादिङबाट ४ किलो अवैध सुनसहित तीनजना पक्राउ परेका छन् ।

प्रदेश नम्बर ३ प्रहरीको विशेष प्रहरी टोलीले गएराति गजुरीबाट चार किलो सुनसहित तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा रसुवाको उत्तरगया गाउँपालिका–२ का सञ्जीत वाइबा, नुवाकोटको तारकेश्वर गाउँपालिका–५ का विकास तामाङ र सोही ठाउँका सुरेन्द्र तामाङ रहेका छन् ।

चीनको केरुङ हुँदै रसुवागढीबाट बा८७प ७७३१ र प्रदेश नम्बर ३, ०२–००३ प २५४० नम्बरका मोटरसाइकलमा उनीहरु धादिङको गल्छीबाट गजुरीतर्फ जाँदै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ । सुनका वास्तविक धनीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।