
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापा नेतृत्वको टोलीले सो पार्टीका मोरङ इञ्चार्ज पुस्कर श्रेष्ठसहित नेता कार्यकर्तालाई पक्राउ गरेको हो ।
त्यस्तै पार्टीका क्षेत्रीय इञ्चार्ज डिल्ली नेपाली, कार्यकर्ताहरु जगत मगर, प्रकाश घिमिरे र गोविन्द कार्कीलाई पक्राउ गरेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।
उनकाअनुसार निर्वाचनका विरुद्धमा भित्ते लेखन गर्ने, मतदाता भड्काउने र तर्साउने लगायत गतिविधिमा संलग्न हुन थालेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका विरुद्धमा आजै सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्